नेपाल भर्सेस चाइनिज ताइपेः नेपालको प्लेइङ ११ सार्वजनिक
काठमाडौं। २०२२ मा हुने फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले विहीबार कुवेतमा चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ।
कुवेतको राजधानी कुवेत सिटीमा अब केही समयपछि हुने खेलका लागि नेपाली टिम सार्वजनिक गरिएको छ। खेल नेपाली समय अनुसार राति पौने १० बजे शुरु हुनेछ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४–३–३ को रणनीतिमा मैदान उतार्ने भएका छन्।नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन्।
इराकविरुद्धको मैत्रीपूर्ण खेलमा सुरुवाती–११ मा रहेका मनिष डाँगी र नवयुग श्रेष्ठलाई बेन्चमा राखिएको छ। डाँगीले डेब्यू खेलमै गोल गर्दै सनसनी मच्चाएका थिए।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment