विश्वकप छनौटः नेपालकाे शुरुआती अग्रता
काठमाडौं। कुवेतको कुवेती सिटीमा जारी फिफा विश्वकपक तथा एसियन कपको छनौट खेलमा चाइनिज ताइपेविरुद्ध नेपालले शुरुआाती अग्रता लिएको छ। खेलको शुरुमै नेपालले गोल गरेको हो। नेपालका लागि स्ट्राइकर अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।
कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको तेस्रो मिनेटमा मिडफिल्डर सन्तोष तामाङले प्रहार गरेको फ्रि(किकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टि एरियामा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो। सोही अवसरलाई सदुपयोग गर्दै नेपालले गोल गरेको हो। चाइनिज ताइपेसँगको यसअघिको खेलमा पनि नेपालले जित हात पारेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment