विश्वकप छनौटः चाइनिज ताइपेमाथि नेपालको शानदार जित
काठमाडौं। फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को एसियन छनोटका लागि विहीबार भएको खेलमा नेपालले शानदार जित हात पारेको छ। कुवेतको राजधानी कुवेत सिटीस्थित रंगशालामा भएको खेलमा नेपालले चाइनिज ताइपेमाथि शानदार जित हात पारेको हो।
नेपालले चाइनिज ताइपेमाथि २–० गोल अन्तरको जित हात पार्यो। नेपालले यसअघि पहिलो लेगमा पनि चाइनिज ताइपेमाथि जित हात पारेको थियो। नेपालका लागि पहिलो गोल अन्जन विष्टले पेनाल्टीमार्फत गरेका थिए। उनले खेलको चौथो मिनेटमा गरेका थिए।
त्यसपछि अर्को गोल ८० औं मिनेटमा नवयुग श्रेष्ठले गरे। अब नेपालले ७ जुनमा जोर्डनसँग खेल्ने छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment