विष्णुलाल तामाङकाे निधनप्रति डा. महताेद्वारा दुख व्यक्त
काठमाडौं। समाजवादी पार्टीका नेता एवं पूर्व सभासद् डा. वीरेन्द्र महतोले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्व एवम् पूर्व सांसद विष्णुलाल तामाङ (बिएल वाइबा) को निधनको खबरले आफू स्तब्ध भएको भन्दै दुःख व्यक्त गरेका छन्।
शुक्रबार शोक वक्तव्य जारी गर्दै डा. महतोले वाईबाको सादा जीवन र उच्च विचार आफूहरुको लागि सधैं प्रेरणाको स्रोत बनिरहने बताएका छन् । महतोले वाईबालाई नेपाली राजनीतिको सच्चा राष्ट्रवादी र अग्रगामी नेताको रुपमा चित्रण गरेका छन्।
उनले वाईबाको निधनले कम्युनिष्ट आन्दोलनले कुशल अभिभावक गुमाएको पनि बताएका छन्। पद, प्रतिष्ठाको पछि नलागी जनताको सेवकको रुपमा परिचित वाईबा जनस्तरमा अत्यन्तै लोकप्रिय रहेको पनि महतोले उल्लेख गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment