चितवनमा ५० घर चेपाङ परिवारलाई राहत
सांकेतिक तस्वीर
मुग्लिन । मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनले इच्छाकामना गाउँपालिका ५ का जौगरा, ढुसघारी, मड्केनाटार, पहेँले पानी र बक्सेरानरा गाउँका ५० चेपाङ परिवारलाई राहत वितरण गरेको छ।
प्रत्येक परिवारलाई ३० किलो चामल, एक किलो नुन, आधा लिटर तेल र एक किलो दाल शुक्रबार वितरण गरिएको संस्थाका जिल्ला अध्यक्ष महेश्वरी खड्काले जानकारी दिइन्। संस्थाले हिंसामा परेका महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको बताइन्।
अहिले कोरोनाका कारण विपन्न परिवारमा बिहान बेलुका छाक टार्न समस्या भएकाले राहतका कार्यक्रम पनि ल्याएको उनले बताइन्। गाउँ भन्दा बाहिर गएर दैनिक ज्यालादारी गरेर परिवार पाल्नुपर्ने अवस्था रहेको जङ्ग बहादुर चेपाङले बताए। अहिले काम गर्न नपाएपछि समस्यामा परेको उनले बताए।
राष्ट्रिय आधारभूत विद्यालय पामडाडाँका प्रधानाध्यापक यान बहादुर गुरुङका अनुसार यहाँका चेपाङको बारीमा लगाएको कोदो मकैले ६ महिना पनि खान पुग्दैन। बाँकी ६ महिना मजदुरी गरेर खानुपर्ने अवस्था रहेको र अहिले कोरोनाको महामारीसँगैँ काम नपाउँदा समस्यामा परेको बताए।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment