कविता : अन्तिम नियति

डिसी नेपाल
२२ जेठ २०७८ ११:४१

थाहा छ ।

सपना झुठो हो ।

अनि रहर अधुरो हो।

तर, बाँचिरहन कोलागी

केही बहाना पनि चाहिन्छ ।

 

तेसैले हामी अन्तरमनमा उद्देश्य बोक्छौ

हिँडी रहन्छौ ।

केही रहर,

बाध्यता,

उदेश्य

अनि

भाव बोकि

एक दिन प्रकृतिले वस भन्छ

हामी स्तब्ध हुन्छौ ।

 

हाम्रा सबै अहंकारहरु मलामी जान्छ ।

निर्जिब हुन्छौ

सजिबबाट श्वास रोक्छ

सकिन्छ एउटा कथा ।

 

जिउदाहरु गुन गुनाउछ ।

हाम्रो

ब्यथा

बेदना

बिगत नियाल्दै ।

केही पल चर्चामा रहन्छौ

खरानी संगै बग्छौ,

उड्छौ र

हराउछौ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *