‘नागरिकको सेवा गर्नु हाम्रो धर्म हो’
फाइल
काठमाडौं । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफू नागरिकको सेवामा सधैँ खटिइरहने बताएका छन् । जुनसुकै भूमिकामा रहे पनि नागरिकको सेवा र देशको विकास गर्नु आफ्नो प्रमुख दायित्व भएकाले सोहीअनुसार सधैँ निरन्तर लागि रहने उनको प्रतिबद्धता थियो ।
नवनियुक्त मन्त्रीहरूलाई आज शुभकामना व्यक्त गर्ने क्रममा निर्वतमान मन्त्री आलेले भने, “हामी आम नागरिकको सेवा तथा देशको विकासका लागि राजनीतिमा लागेका हौँ, नागरिकको सेवा गर्नु हाम्रो धर्म हो ।”
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment