रगत सङ्कलन अभियान शुरु

डिसी नेपाल
२२ जेठ २०७८ २२:४८
12
Shares

डोटी । बिरामीका लागि रगत अभाव हुन थालेपछि नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लामा रगत सङ्कल अभियान थालिएको छ । जिल्लामा बल्ड बैंक नभएका कारण सुत्केरी हुँदा होस् वा कोही बिरामी पर्दा होस् रगत दिनहुँ आवश्यक पर्न थालेपछि नेपाली कांग्रेसले रगत सङ्कल अभियान सुरुआत गरेको हो । रगतको आवश्यकता पर्दा सेना, प्रहरी तथा स्थानीयवासीमा भर पर्नुपर्ने अवस्था सृजना भएपछि निर्वाचन क्षेत्र नं ‘क’ डोटीको समूहले रगत सङ्कल अभियानको सुरुआत गरेको नगर सभापति विजय खड्काले जानकारी दिए।

शुक्रबारबाट शुरु गरिएको उक्त अभियानमा आजसम्म १२ पिन्ट रगत सङ्कलन भएको नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले जनाएको छ । जिल्लामा रगत अभाव हुन नदिन तथा आवश्यक परेका बेलामा रगत दान गर्ने उद्देश्यले उक्त अभियानको सुरुआत गरेको कांग्रेस पार्टी सभापति प्रदीवकुमार देउवाले बताए । उनले भने, “जिल्लामा रगत नहुँदा बिरामीलाई निकै सास्ति हुन थाल्यो, रगत अभाव हुन नदिन तथा चाहिको बेलामा रगत दान गर्ने व्यक्ति खोज्नु पर्ने झन्झटको अन्त्यका लागि यो अभियान शुरु गरेका छाँै ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *