सनथ जयसूर्या मुख्य प्रशिक्षक

डिसी नेपाल
२२ जेठ २०७८ २३:०८

काठमाडौं । श्रीलंकाका पूर्व कप्तान सनथ जयसूर्यालाई अष्ट्रेलियाको मेलबर्न क्लबले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । मेलबर्नले अर्को सिजनका लागि जयसूर्यालाई प्रशिक्षक नियुक्त गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को दुई वर्षे प्रतिबन्ध फुकुवापछि जयसूर्या प्रशिक्षणमा फर्किन लागेका हुन् । आईसीसीले जयसूर्यालाई २०१९ को फेब्रुअरीमा प्रतिबन्ध लगाएको थियो । आईसीसीले एन्टी करप्सन कोड उल्लङ्घन गरेको भन्दै जयसूर्यालाई प्रतिबन्ध लगाएको थियो ।

५१ वर्षीय जयसूर्या एक दिवसीय क्रिकेटका महान खेलाडी मानिन्छन् । श्रीलंकाका लागि जयसूर्याले ११० टेस्ट, ४४५ एकदिवसीय र ३१ टी(ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *