ब्राजिलको जितमा नेमारको गोल
काठमाडाैं। नेमारले एक गोल गर्नुका साथै एक गोलमा सहायकको भूमिका खेलेपछि ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा लगातार पाँचौं जित हात पारेको छ। घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरलाई २–० ले पराजित गरेको हो।
यसअघि छनोटमा ब्राजिलले बोलिभिया, पेरु, भेनेजुएला र उरुग्वेलाई पराजित गरेको थियो। नेमारसँगै ब्राजिलका लागि अर्काे एक गोल रिचार्लीसनको नाममा रहृयो। ६५औं मिनेटमा इंग्लिस क्लब एभर्टनका फरवार्ड रिचार्लीसनले गोल गर्दै ब्राजिललाई १–०को अग्रता दिलाए। इन्जुरी समयमा नेमारले पेनाल्टीमार्फ गोल गर्दै ब्राजिललाई २–० को जित दिलाए।
जितपछि दक्षिण अमेरिकी छनोटका शीर्षस्थानमा रहेको ब्राजिलको पाँच खेलबाट १५ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ११ अंक छ । पराजित इक्वेडर नौ अंक जोडेर तेस्रो स्थानमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment