सरकारले माग्यो जोखिम भत्ता दिन स्वास्थ्यकर्मीहरुको विवरण

डिसी नेपाल
२३ जेठ २०७८ १३:२८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुको विवरण माग गरेको छ । मन्लायलले आइसोलेसन सेन्टर, कोभिड प्रयोगशाला र कोभिड उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको नामावली एक हप्ताभित्र पठाउन आग्रह गरेको हो ।

मन्त्रालयले कोभिड–१९ रोकथाम नियन्त्रण उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूलाई ५० प्रतिशित जोखिम भत्ता उपलब्ध गराउने भएको छ । मन्त्रालयका अनुसार जेठ ५ गतेको चलानी नम्बर ९३७ बाट विवरण माग गरिएको छ ।

आइसोलेसन सेन्टर वा उपचार गर्दाको सम्झौता र निर्णय, बिरामीहरुको रियल रिपोर्टिङ, ड्युटीमा खटिएकाहरूको लिस्ट र ड्युटीमा खटिएकाहरूको तलब भर्पाइ लिस्ट पठानुपर्नेछ ।

मन्त्रालयले सबै सरकारी अस्पताल, प्रदेश मातहत र स्थानीय तहमा सञ्चालित सबै उपचार केन्द्रलाई विवरण पठाउन अनुरोध गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *