ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं। गोरखाको पालुङटार नगरपालिका–९ बिर्दीबजार नजिकै भएको ट्र्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि धादिङको दार्खाका २० वर्षीया याकुब तामाङको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।
ग १ त ४२७८ नम्बरको ट्र्याक्टर गएराति पौने सडकबाट १० मिटर तल खसेको थियो। उनको घटनास्थलमै ज्यान गएको डीएसपी प्रकाश दाहालले जानकारी दिए।
ट्र्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment