यार्सागुम्बा संकलनका क्रममा एक विद्यार्थीको लडेर मृत्यु

डिसी नेपाल
२३ जेठ २०७८ १४:४८

काठमाडौं । यार्सागुम्बा संकलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेशसिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो ।

अपी हिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका महेशको भिरबाट लडेर शनिबार मृत्यु भएको नौगाड–४ का वडाध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए ।

महेश जेठ पहिलो साता यार्सागुम्बा सङ्कलनका लागि बुबा रघुवीरसिंह धामीसँगै लोलु पुगेको बताइएको छ । यस वर्ष यार्सागुम्बा सङ्कलनका क्रममा मृत्यु हुनेमा दुई महिला, एक विद्यार्थी र एक पुरुष छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *