कोरोना अपडेटः ३ हजार ४७९ जना संक्रमित थप, ९९ जनाको मृत्यु

डिसी नेपाल
२३ जेठ २०७८ १६:४१
972
Shares

काठमाडौं। गत २४ घण्टामा नेपालमा ३ हजार ४७९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ६ हजार ६ सय ३६ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ४ सय ७१ पीसीआर परीक्षण गर्दा ३ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै १ हजार २ सय ६२ परीक्षण गर्दा ४ सय ५५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

कोरोनाको दोश्रो लहर आएपछि नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या पछिल्ला केही दिन घट्दो क्रममा छ। गएको २४ घण्टामा ९९ जनाको कोरोनाका कारण ज्यान गएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *