प्रधानसेनापति थापाले भनेः मैले नेतृत्व हस्तान्तरणको प्रक्रिया शुरु गरेँ
काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफू विदा बस्नु अघि नै नेतृत्व हस्तान्तरणको प्रक्रिया शुरु गरेको बताएका छन्। आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा प्रधानसेनापति थापाले कार्यकालमा भए गरेको कामको जानकारी दिँदै नेतृत्व हस्तान्तरणको प्रकृया थालनी भएको बताएका हुन्।
भदौ २४ मा अवकाश पाउनु अघि साउन २३ मा एक महिना विदा बस्नुपर्ने नेपाली सेनाको प्राब्धान अनुसार उनले अबको दुई महिना नेतृत्व हस्तान्तरण तर्फ आफ्नो ध्यान जाने बताएका हुन्। उनीपछि सेनामा रथी प्रभुराम शर्मा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन्।
‘यो दुई महिना नेतृत्व हस्तान्तरण कसरी प्रभावकारी बनाउने भन्नेमा केन्द्रित हुनेछु,’ उनले आइतबार जंगी अड्डामा आयोजित भर्चुअल कार्यक्रमा भने। प्रधानसेनापति थापाको तीन वर्षे कार्यकाल आगामी भदौ २४ मा सकिँदै छ। उनी २४ भदौ २०७५ मा प्रधानसेनापतिमा नियुक्त भएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment