सन्दीपको ठाउँमा न्युजिल्याण्डका सोढीले खेल्ने
काठमाडौं । न्युजिल्याण्डका लेग स्पिनर इश सोढीले इंग्ल्यान्डको भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
वोर्सेस्टरशायर र्यापिड्सले स्पिनर सोढीलाई टिममा अनुबन्ध गरेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको स्थानमा र्यापिड्सले सोढीलाई अनुबन्ध गरेको हो ।
भिषा ढिलो आएपछि सन्दीप पहिलो पटक भाइटालिटी टी–ट्वान्टी खेल्नबाट बन्चित भएका हुन् । भाइटालिटी ब्लास्ट जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका रहेको छ ।
सन्दीपले भिषा ढिला आएपछि सामाजिक संजालमा आक्रोश समेत पोखेका छन् । भाइटालिटी ब्लास्ट खेल्न नपाए पनि सन्दीप अर्को प्रतियोगिता द हन्ड्रेड क्रिकेटका लागि भने इंग्ल्यान्ड जाने भएका छन् ।
सन्दीपले खेल्ने द हन्ड्रेड जुलाई २२ बाट हुने तालिका रहेको छ । सन्दीपले ओभल इन्भिन्सिबलबाट द हन्ड्रेड खेल्ने छन् ।
Facebook Comment