अध्यक्ष ओलीको प्रस्तावपछि योगेश भट्टराईको प्रतिक्रियाः आव्हान सकरात्मक छ

डिसी नेपाल
२३ जेठ २०७८ २२:२३

काठमाडौं। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले भित्रको आन्तरिक विवाद समाधानका लागि आइतबार साँझ ६ बुँदे प्रस्ताव अघि सारेपछि माधव नेकपा समूहका नेता योगेश भट्टराईले त्यसलाई सकरात्मक भनेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै अध्यक्ष ओलीबाट आएको प्रस्ताव सकरात्मक रहेको र शीर्ष नेतृत्वबीच वार्ता भएर तार्किक निष्कर्षमा पुगिने बताएका छन्।

अध्यक्ष ओलीले पार्टी एकताका लागि आव्हान गर्दै पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने प्रस्ताव गरेका छन्। ओलीको यो प्रस्ताव माधव समूहको सबैभन्दा महत्वपूर्ण माग हो।

भट्टराईले भनेका छन्, ‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ। कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुनः निरन्तरता दिन बाटो खुलेको छ। पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नुपर्ने र मिलाउनुपर्ने थप बिषयहरुलाई समाधान गर्ने छ। सर्बोच्चमा बिचाराधीन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ। सारमा अध्यक्षको बक्तब्यले पार्टीको शीर्ष नेतृत्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्दछु। हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *