ठाकुर निकट प्रदेश २ का ४ मन्त्री बर्खास्त
फाइल फाेटाे
काठमडौं। जनता समाजवादी पार्टीमा विवादका बीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार चारजना मन्त्रीलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री राउतले तत्कालिन राजपाबाट प्रतिनिधित्व गर्ने एक मन्त्री र ३ राज्य मन्त्रीलाई बर्खास्त गरेका हुन्। चारै जना जसपा अध्यक्ष महन्थ ठाकुर निकट हुन्। जसपाको एक समूह केन्द्रमा सरकारमा सहभागी भएपछि त्यसको प्रभाव प्रदेशमा पनि परेको हो।
भौतिक पुर्वाधार तथा व्यवस्था मन्त्री जितेन्द्र सोनल, राज्य मन्त्री डिम्पल झा, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा तथा उद्योग, वन तथा पर्यटन राज्य मन्त्री सुरेश मण्डललाई बर्खास्त गरेका हुन्। यसअघि आइतबार दिउँसै जसपाको बैठकले राउतलाई संसदीय दलको नेता चयन गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment