स्थानीय र प्रहरीबीच झडप हुँदा राैतहटमा डिएसपीसहित ६ जना प्रहरी घाइते

डिसी नेपाल
२४ जेठ २०७८ ११:३२

काठमाडौं। रौतहटको गरुडा बजारका प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा डिएसपीसहित ६ जना प्रहरी घाइते भएका छन्।

कोरोना संक्रमण फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको रौतहटको गरुडा पुगेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिबिक्रम शाहले बताएका छन्।

गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेको थियो। प्रहरी टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरिएको एसपी शाहको भनाइ छ।

प्रहरी टोलीमाथि आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरेको छ। अहिले रौतहटको गरुडा बजारमा दर्जनौ प्रहरी परिचालन गरिएको निषेधाज्ञा रहेकाले कसैलाई पनि बाहिर ननिस्कन प्रहरीले माइकिङ गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *