देशको लागि पहिलो अन्तर्राष्ट्रिय खेल सकिएकै दिन सधैंका लागि अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध

डिसी नेपाल
२४ जेठ २०७८ १२:०४

काठमाडौं। इङल्याण्डका फास्ट बलर ओली रबिन्सन सम्भवतः संसारकै सबैभन्दा अभागी क्रिकेटरमध्येमा परेका छन् । उनले आफ्नो देशको प्रतिनिधित्व गर्दै पहिलो पटक गएको बुधबार मात्रै पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएका थिए । तर, उक्त खेल सकिएकै दिन उनी अब कहिल्यै अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी सधैंका लागि अन्तर्राष्ट्रिय खेलमा प्रतिबनिधत भएका छन् ।

बुधबार न्यूजिल्याण्डविरुद्धको टेस्टबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका रबिन्सनले पहिलो खेलमै दमदार प्रदर्शन गरेका थिए । उनले पहिलो इनिङमा ४ विकेट र दोस्रो इनिङमा ३ विकेट लिएका थिए । थइसै पहिलो इनिङमा ४२ रन बनाएका उनले दोस्रो इनिङमा भने ब्याटिङ गर्ने पालो आएन । आइतबार यो खेल ड्र भयो तर त्यही दिन रबिन्सनलाई सधैंका लागि अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइयो ।

२७ वर्षका रबिन्सनलाई इङल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले उनले २०१२ देखि २०१४ सम्म लिंगभेद र नस्लवादका विषयमा गरेका ट्वीटका कारण निलम्बन गरेको हो । रबिन्सनलाई टिममा लिइएपछि सामाजिक संजालमा यो चर्चाको विषय बनेको थियो । विवाद बढ्दै गएपछि इसीबीले रबिन्सनविरुद्ध कठोर निर्णय गरेको हो ।

यद्यपि रबिन्सनले यस विषयमा माफी मागिसकेका थिए । उनले पहिलो दिनको खेल सकिएलगत्तै सार्वजनिक रुपमा आफूले गरेका ट्वीटप्रति खेद जनाउँदै माफी मागेका थिए । उनले भनेका थिए ‘मलाई आफूले गरेका कामप्रति निकै खेद छ । यस्ता टिप्पणी गरेकोमा म लज्जित छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *