सामाजिक सञ्जालमा जथाभावी भिडियो, फोटो राखे साइबर कानुन अनुसार कारबाही गरिने चेतावनी
काठमाडौं । प्रहरीले फेसबुक, टिकटक यूट्व लगायत सामाजिक सञ्जालम दुरुपयोग गरेर विभिन्न व्यक्तिहरुको भिडियो बनाउने भिडियो पोष्ट गर्ने लगायतका गैरकानुनी कार्यहरु गर्ने गरेको पाइएकाले त्यस्ता कार्य गर्नेहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ। सोमबार नेपाल प्रहरीको साइबर व्यूरोले एक विज्ञिप्ति जारी गर्दै सार्वजनिक नैतिकता र शिष्टचार विरुद्ध कार्य गर्ने जो कोहीलाई कारवाही गरिने जनाएको छ।
व्यूरोका प्रमुख एसएसपी नविन्द अर्यालले कतिपय सूचनाको निरन्तर अनुसन्धान भैरहेको र कतिपय सूचनालाई कारवाहीको दायरामा ल्याएको जनाउँदै यस्तो अश्लिल र गैरकानूनी कार्य बन्द गर्न सार्वजनिक रुपमै आह्वान गरेका छन्। उनले समाजिक सञ्जालमार्फ कसैको चरित्र हत्या गर्ने र अनाधिकृत रुपमा भिडियो बनाएर दुरुपयोग गर्नेहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउनेसमेत बताएका छन्। एसएसपी अर्यालले सामाजिक सञ्जालमा गैरकानुनी कार्य गर्नेलाई विद्युतीय कारोवार ऐन २०६३ बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएका छन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment