फेरि हाम्राविरुद्ध अनर्गल प्रचार शुरु भयोः घनश्याम भुसाल

डिसी नेपाल
२४ जेठ २०७८ १६:०५

काठमाडौं। एमाले नेता घनश्याम भुसालले आफूहरुविरुद्ध अनर्गल प्रचार भएको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अघि सारेको ६ बुँदे प्रस्तावलाई भुसाललगायतका ४ जना नेताले स्वागत गरेको चर्चाका बीच माधव समूहको स्थायी कमिटी सदस्यहरुको बैठकले अस्वीकार गर्ने निर्णय गरेपछि भुसालले यस्तो आरोप लगाएका हुन्। उनले फेसबुकमा एक स्टाटस लेख्दै आफूहरुविरुद्ध अर्नगल प्रचार भएकोदावी गरेका हुन्।

उनले लेखेका छन्, ‘फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ। हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ। पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो।’

उनले अगाडि भनेका छन्, ‘पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन। त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु। आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन? अनि परिणाम पनि त्यस्तै हुने त होइन? धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *