कोरोना संक्रमितको उपचारमा धेरै शुल्क लिनेलाई कारबाही गर्न परिपत्र

डिसी नेपाल
२४ जेठ २०७८ १९:२०

काठमाडौं। सरकारले कोरोना संक्रमितको उपचारमा निजी अस्पतालहरुले मनलाग्दी शुल्क लिएको गुनासो आइरहेका बेला सरकारले तोकेकोभन्दा धेरे शुल्क लिने अस्पतालहरुमाथि कारबाही गर्न परिपत्र गरेको छ।

स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई, स्वास्थ्य आपतकाली व्यवस्थापन केन्द्रले सोमबार सबै प्रदेशका सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको हो।

सरकारले ३५ सय देखि १५ हजारसम्म शुल्क तोकेको छ। त्यसमा ५० प्रतिशत नबढाई धेरै शुल्क लिन पाउने व्यवस्थासमेत गरेको छ। सो रकमभन्दा धेरे रकम लिएमा अनुगमन गरी कारबाही गर्न परिपत्र गरिएको हो।

हाल अस्पतालहरुले बेडको दैनिक २८ हजार रुपैयाँसम्म लिने गरेको गुनासो छ। सरकारले केही निजी अस्पतालहरुसँग सम्झौता गरेर निःशुल्क उपचारसमेत गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *