सामानको अनलाइन खरिदविक्री नरोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं। सर्वोच्च अदालतले सामानको अनलाइन खरिदबिक्री नरोक्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चले सामानको होम डेलिभरी सेवासमेत नरोक्न आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको सँयुक्त इजलासले अनलाइन माध्यमबाट भएको खरिदबिक्री भएको सामानको होम डेलिभरी गर्न दिन अन्तरिम आदेश दिएको हो।
निषेधाज्ञाका कारण अहिले होमडेलिभी सेवालाई अवरोध गरिएपछि सर्वोच्चमा रिट दायर भएको थियो। सर्वोच्चले स्वास्थ्य मापदण्ड पूरा गरेर गरिने होम डेलिभरी नरोक्न अन्तरिम आदेश दिएको हो।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment