सरकारले भन्योः कोरोनाको उपचारमा तोकेभन्दा धेरै रकम लिए उजुरी गर्नुहोस्

डिसी नेपाल
२४ जेठ २०७८ २०:५९
40
Shares

काठमाडौं। सरकारले कोरोना संक्रमितको उपचारमा अस्पतालहरुले सरकारले तोकेभन्दा धेरै शुल्क लिए उजुरी गर्न आव्हान गरेको छ। स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले सोमबार साँझ एक सूचना जारी गर्दै यस्तो आव्हान गरेको हो।

इकाइले सरकारले तोकेभन्दा अस्पतालले धेरै रकम लिएर स्थानीय निकाय, आपूर्ति तथा वाणिज्य मन्त्रालय अन्तरगतका कार्यालय, सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै जिल्ला प्रशासन कार्यालयमा उजरी गर्न सकिने बताएको छ।

उसले यसरी उजुरी भएपछि सम्बन्धित निकायले कारबाही गर्नेसमेत बताएको छ। सरकारले सामान्य बेडको ३५ सय, मध्यमका लागि ७ हजार र गम्भीरका लागि १५ हजार प्रतिदिनमा ५० प्रतिशतसम्म बढाउन पाइने गरी उपचार शुल्क तोकेको छ।

तर निजी अस्पतालहरुले लाखौं रुपैयाँ लिएको गुनासोहरु आएपछि इकाइले यस्तो सूचना जारी गरेको हो। सोमबार नै इकाइले सबै जिल्ला प्रशासन कार्यालय र सबै सामाजिक विकास मन्त्रालयलाई परिपत्र गर्दै बढी शुल्क लिने अस्पतालहरुको अनुगमन गरी कारबाही गर्न परिपत्र गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *