फुटबलः जोडर्नविरुद्ध यो हो नेपालको लाइनअप
काठमाडौं। फिफा विश्वकप २०२२ र एसियन कप छनौट २०२३ का लागि सोमबार जोर्डनसँग नेपालले प्रतिस्पर्धा गर्दै छ। कुवेतको राजधानी कुवेत सिटीमा नेपाल समयअनुसार पौने १० बजे खेल शुरु हुँदैछ। खेल शुरु हुनुअघि नेपाली लाइनअप सार्वजनिक गरिएको छ।
टिममा अभिशेक रिजाललाई मौका दिइएको छ। यसअघि चाइनिज ताइपेविरुद्धको खेलमा उनले मौका पाएका थिएनन्। नेपालको डिफेन्स लाइनमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी र विकाश बल हुनेछन् भने मिडफिल्डरमा सुमन, पुजन र सन्तोष हुनेछन्।
यस्तै फ्रन्टलाइनमा अभिशेक रिजाल, सुमन बल र अन्जन विष्ट हुनेछन्। नेपालले यसअघिको खेलमा चाइनिज ताइपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment