राष्ट्रिपति भण्डारीसँग भेटका लागि प्रधानमन्त्री ओली शीतल निवासमा
फाइल फाेटाे।
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच यो समाचार तयार पार्दासम्म वार्ता चलिरहेको प्रधानमन्त्री निकट स्रोतले बतायो। तर, वार्ताको विषयबारे भने केही खुलाइएको छैन।
एमालेमा उत्पन्न पछिल्लो राजनीतिक अवस्था, प्रदेश सरकारहरुमा भइरहेको विकासक्रमबारे छलफल हुने अनुमान छ। राष्ट्रिपति कार्यालय स्रोतले भने यो नियमित भेट भएको बताएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment