नेपाल भर्सेस जोडर्नः नेपालले पेनाल्टीमा गोल खायो
काठमाडौं। फिफा विश्वकप २०२२ र एसियनकप २०२३ छनौटका लागि नेपाल र जोर्डनबीच खेल शुरु भएको छ। कुवेतको राजधानी कुवेत टिसीस्थित रंगशालामा जारी खेलमा नेपालले पहिलो खेल खाएको छ। खेलको २४ औं मिनेटमा पेनाल्टीमार्फत जोर्डनले गोल गरेको हो।
पेनाल्टी बक्समा नेपालका डिफेन्डर रोहित चन्दले फल गरेपछि जोर्डनले पेनाल्टी पाएको हो। जोर्डनका वाहबले पेनाल्टीमा गोल गरेका हुन्। खेलमा नेपालका सन्तोष तामाङले पहिलो एल्लो कार्ड पाएका छन्। खेलमा जोर्डन हावी देखिएको छ। नेपालले यसअघि कुवेतमा भएको चाइनिज ताइपेविरुद्धको खेल जितेको थियो।
जोर्डन फिता वरियतामा ९५ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ। यो समूहमा जोर्डन १० अंकसहित दोस्रो स्थानमा रहँदा नेपाल ६ अंकसहित चौथो स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment