नेपाल भर्सेस जोर्डनः नेपाल ३–० ले पछाडि

डिसी नेपाल
२४ जेठ २०७८ २३:२७
484
Shares

काठमाडौं। फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को छनौट खेलमा सोमबार नेपाल र जोर्डनबीच खेल भइरहेको छ। कुवेतको राजधानीस्थित रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल एक गोलले पछाडि परेको नेपालले दोस्रो हाफ शुरु भएको केही मिनेटमै अर्को गोल खाएको छ। फ्रि किकमा नेपालले दोस्रो गोल खाएको हो। खेलको अन्तिम २० मिनेट बाँकी रहँदा अर्को गोल खाएको छ। नेपाल ०–३ गोलले पछाडि परेको छ।

खेलको २४ औं मिनेटमा नेपालले पेनाल्टीमार्फत गोल खान पुगेको थियो। पेनाल्टी बक्समा नेपालका डिफेन्डर रोहित चन्दले फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो। निकै आक्रामक खेल खेलिरहेको जोर्डनले नेपाली पोस्टमा लगातार आक्रमण गरेको थियो। तर, नेपाली किपर किरण चेमजोङको उत्कृष्ट बचावले नेपाल थप गोल खानबाट बच्यो।

समूह बीमा जोर्डन १० अंकसहित दोस्रो स्थानमा रहँदा नेपाल ६ अंकका साथ चौथो स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *