साविकको कर्णालीमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइन जोडियो, स्थानीय हर्षित, मुख्यमन्त्री शाही दंग

डिसी नेपाल
२५ जेठ २०७८ १३:२७

सुर्खेत। साविकको कर्णालीमा पहिलो पटक विद्युतको राष्ट्रिय प्रसारण लाइन कालिकोटमा जोडिएसँगै कालिकोटबासी हर्षित भएका छन्। तत्कालीन उर्जामन्त्री महेन्द्रबहादुर शाहीले उर्जामन्त्री हुँदा विद्युतको राष्ट्रिय प्रसारण लाइन साविकको कर्णालीमा जोड्नको लागि थालेको पहलले ४ वर्ष पछि मुर्त रुप पाएसँगै पहल कर्ता ( तत्कालीन उर्जामन्त्री ) हालका कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले खुसी व्यक्त गरेका छन्।

मन्त्री पदको पदभार ग्रहण गरेपछि शाहिले पहिलो निर्णय साविकको कर्णालीका ५ जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पु-याउने निर्णय गरेका थिए। तत्कालीन अवस्थामा छिटो काम सम्पन्न गरी कर्णालीका ५ वटै जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पु-याउन लक्ष्य राखिको भए पनि ४ बर्ष पछि कालिकोट सदरमुकाम मान्मा उज्यालो भएको हो।

‘कालिकोटमा जेनेटरबाट विहान ४ घण्टा र साँझ ३ घण्टा गरी दैनिक विद्युतको आपुर्ति हुँदै आएको थियो। विद्युतको राष्ट्रिय प्रसारण लाइन सोमबार राति १०ः ३० जोडिसकेको रहेछ पत्तो नै भएन,’ कालिकोट खाडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवाले भने।

दोश्रो संविधानसभा सदस्य एवं तत्कालीन उर्जामन्त्री (हाल कर्णाली प्रदेशका मुख्यमन्त्री रहेका) महेन्द्रबहादुर शाही तत्कालीन कर्णाली क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलो पटक २०७४ साउन १२ गते उर्जा मन्त्री बनेका थिए।

मन्त्रालय समालेको छोटो समयमा नै साविकको कर्णालीमा विद्युतको राष्ट्रिय प्रसारण लाइनको काम दुर्त गतिमा सम्पन्न गर्नको लागि निर्देशन दिएसँगै साविकको कर्णालीमा पहिलो पटक विद्युतको राष्ट्रिय प्रसारण लाइन जोडिएको हो।

‘कर्णाली धेरै चिजको खानी छ तर भएका श्रोत साधनहरुलाई प्रयोगमा ल्याउनको लागि यहाँको पहिलो प्राथामिकता भनेको सडक र विद्युत हो। सडक बनिरहेको थिए विद्युतको लागि म उर्जामन्त्री हुँदा पदभारको पहिलो निर्णय कर्णालीमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जोड्ने सपना मात्रै देखिन योजना कार्यन्वयनको लागि निर्देशन समेत दिएँ,’ ‘मुख्यमन्त्री शाहीले भने, ‘तत्कालीन अबस्थामा छिटो छरितो हुने गरी निर्देशन दिए पनि ४ बर्ष पछि कालिकोटबाट उल्यालो शुरु भएको छ खुसि लागेको छ अबको केहि समयमा नै साविको कर्णालीका ५ वटै जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइनले उल्यालो दिने छ।’

‘बत्तीको समस्याले गर्दा नै कालिकोट जिल्ला अस्पतालमा अहिले सम्म कुनै पनि ठूलो मेसिनहरु संचालनमा ल्याउन सकिएको छैन विद्युतको आपुर्ति भएसँगै अब यहाँका विरामीहरुले अक्सिजन लगायतका विद्युतिय उपकरणबाट प्राप्त गर्ने सेवा सुविधाहरु सहज तरिकाले पाउने छन्,’ ‘स्वास्थ्य सेव कार्यालय निमिक्त स्वास्थ्य सेवा व्यावस्थाप कटक महतले भने।’

‘विद्युतको राष्ट्रिय प्रसारण लाइन कालिकोटमा पुगेसँगै उद्योग र व्यावसायहरु सहज तरिकाले चल्ने र यहाँका नागरिहरुले सुखको अनुभूति गरेका छन्,’ विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रका प्रमुख मेखराज जोशीले भने,’ ‘अहिले सदरमुकाममा मात्रै बत्ती जोडिएको भए पनि केही दिनमा रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका र खाडाचक्र नगरपालिकाका २ हजार ८ सय उपभोक्ताहरुले सहजै विद्युत आपुर्ति पाउने जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *