योगेश भट्टराईको प्रश्न : विपक्षीसँग मिल्ने तर आफ्नै नेतासँग नमिल्ने, कसले गर्दैछ यो सब?

डिसी नेपाल
२६ जेठ २०७८ ९:२७

काठमाडौं। पार्टी एकताको पक्षमा सक्रिय भएर लागेका एमाले नेता योगेश भट्टराईले विपक्षी गठबन्धनसँग मिल्ने तर आफ्नै दलका नेतासँग नमिल्ने प्रवृत्तिका कारण पार्टी एकता हुन नसकेको बताएका छन्।

भट्टराई बुधबार विहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै विपक्षी गठबन्धनसँग मिल्ने तर आफ्नै नेताहरु मिल्न नसक्नु एमाले एकताको समस्याको मुल जड भएको टिप्पणी गरेका छन्।

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर, महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने,ु भट्टराईले लेखेका छन्, ‘कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने।कसले, किन र के कालागि गर्दैछ यो सबरु एमाले एकताको समस्याको मुल जड यहीँ छ। यस बिषयमा कमरेडहरु बीचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *