युरोपियन सुपरलिग जान खोजेका क्लवलाई ३ अर्ब रुपैयाँ जरिवाना, ३० अंक घटुवाको चेतावनी

डिसी नेपाल
२६ जेठ २०७८ १७:१३
968
Shares

काठमाडौं। युरोपमा नयाँ सुरु गर्न लागिएको भनिएको फुटबल लिग ‘युरोपियन सुपर लिग’मा जान खोजेका ६ प्रिमियर लिग क्लवहरुलाई ३ मिलियन पाउण्ड (३ अर्ब ३० करोड रुपैयाँ) जरिवाना तिर्न आदेश दिइएको छ । स्काइ न्यूजका अनुसार म्यान्चेस्टर युनाइटेड, चेल्सी, लिभरपुल, आर्सनल, म्यान्चेस्टर सिटी र टोटनह्याम हटस्पर्सले युरोपियन सुपर लिगमा सहभागी हुन सहमति जनाएवापत प्रिमियर लिगलाई संयुत्तः रुपमा २० मिलियन पाउण्ड जरिवाना तिर्नुपर्नेछ । यो रकम एउटा क्लवको भागमा ३.३ मिलियन पाउण्ड पर्छ ।

यी क्लवहरुलाई आगामी दिनमा यस किसिमका समान फुटबल लिगमा सहभागी नहुन चेतावनी पनि दिइएको छ । यदि यी ६ वटामध्ये कुनै पनि क्लवले समान किसिमको कुनै अर्को फुटबल लिगमा सहभागी हुन सहमति जनाएमा उक्त क्लवले एक्लै २० मिलियन पाउण्ड जरिवाना तिर्नुपर्नेछ साथमा उक्त क्लवको प्रिमियर लिग अंक ३० अंकले घटुवा हुनेछ । यसरी ठूलो अंक घटुवा हुँदा ती क्लवहरु प्रिमियर रेलिगेसनमा परेर लिग खेल्नै नपाउने हुन सक्छ किनकि यो अंक कटौतीले उनीहरुले जितेका १० खेल हारेबराबर गणना हुनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *