प्रदेश २ मा काँग्रेसबाट तीन जनामन्त्रीले लिए शपथ

डिसी नेपाल
२६ जेठ २०७८ २२:१४

काठमाडौं। नेपाली काँग्रेस प्रदेश २ सरकारमा सहभागी भएको छ। जसपा नेतृत्वको प्रदेश २ सरकारमा काँग्रेस सहभागी भएको हो। काँग्रेसका तीनजना मन्त्रीले बुधबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन्। काँग्रेस सरकारमा गएको यो दोस्रो प्रदेश हो। यसअघि काँग्रेस कर्णाली प्रदेश सरकारमा पनि सहभागी भएको थियो।

जसपासँग दुई बुँदे सहमतिपछि काँग्रेस सहभागी भएको हो। नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनीयताको शपथ दिलाएका छन्।
काँग्रेसबाट मन्त्री बन्नेमा रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह रहेका छन्। यादव भौतिक पूर्वाधार, शर्मा ऊर्जा तथा सिँचाइ र सिंह महिला तथा बालबालिका मन्त्री बनेका छन्।

जसपाभित्रको विवादका कारण मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरेर काँग्रेससँग सहकार्य गरेका हुन्। माओवादी पनि सरकारमा सहभागी हुने बताइएको थियो। तर, अन्तिममा माओवादी भने सरकारमा सहभागी भएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *