वाग्मती प्रदेशसभाको दोस्रो बैठकः धन्यवाद प्रस्ताव

डिसी नेपाल
२७ जेठ २०७८ २३:२५

वाग्मती । वाग्मती प्रदेशसभाको बिहिबार अपराह्न बसेको दोस्रो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले केही समयअघि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसार्इँले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रति टेबल गरे ।

बैठकमा प्रदेशसभा सदस्य दीपक निरौलाले नीति तथा कार्यक्रम सम्बन्धमा धन्यवाद प्रस्ताव प्रस्तुत गरेकामा सदस्य शान्ति थिङले समर्थन गरेका थिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले तेस्रो बैठकमा नीति कार्यक्रममाथि छलफल गर्न यही जेठ २८ र २९ गतेका दिन तोके । प्रदेशसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *