विश्वकप छनोटमा नेपाल र अष्ट्रेलिया भिड्दै

डिसी नेपाल
२८ जेठ २०७८ १५:३५

काठमाडौं। फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा आज नेपाल र अष्ट्रेलिया भिड्दै छन। कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा हुने अष्ट्रेलिया र नेपालबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ।

बलियो टोली अष्ट्रेलियाविरुद्धको खेल नेपाललाई सहज भने हुने छैन। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अलमुताइरीले अष्ट्रेलियाविरुद्धको खेलमा उत्कृष्ट प्रर्दशन गर्ने बताएका छन। उनले प्रि म्याच कन्फ्रेन्समा बोल्दै आजको खेलमा नयाँ खेलाडिहरुलाई अवसर दिइने समेत बताएका छन।

विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको नेपालको नेपालको लक्ष्ये प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्नु रहेको छ।

 

पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकप छनोटको यात्रा सहज गर्न चाहान्छ।

समूह ’बी’ मा ६ खेलमा १८ अंक जोड्दै अष्ट्रेलिया शीर्ष स्थानमा छ। नेपाल भने ७ खेलबाट ६ अकंका साथ चौथो स्थानमा छ।

नेपाल र अष्ट्रेलियाको यो दोस्रो भेट हो। जारी विश्वकप छनोट अन्तर्गत नै नेपालले पहिलो पटक अष्ट्रेलियासँग २०१९ को अक्टोबर १० मा खेलेको थियो। अष्ट्रेलियाको घरेलु मैदानमा भएको खेलमा नेपाल ५ – ० गोलअन्तरले पराजित भएको थियो।

जारी दोस्रो चरणको छनोटमा नेपालले चाईनिज ताईपेलाई २–० ले पराजित गरेको थियो भने जोर्डनसँग ३–० ले हार बेहोरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *