युरोकपः उद्घाटन खेलमा इटाली र टर्की भिड्दै

डिसी नेपाल
२८ जेठ २०७८ १९:२५

काठमाडौं । युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट सुरु हुँदैछ । नेपाली समय अनुसार राति १२ः४५ बजेबाट औपचारिक रुपमा सुरु हुने खेलमा टर्की र इटाली भिड्नेछन् ।

ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ । जुलाई ११ मा सकिने युरोकपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *