फुटबलः अष्ट्रेलियाद्वारा थप अर्को गोल
काठमाडौं। फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले शुक्रबार बलियो टिम अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ। कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाल र अष्ट्रेलियाबीच खेल जारी छ। खेलको पहिलो हाफमा नेपालले दुई गोल खाएको छ। खेलको ६ औं मिनेटमा र ४० औं मिनेटमा नेपालले गोल खाएको हो।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४–३–३ को रणनीतिमा मैदान उतारेका छन्। नेपाली टिमको नेतृत्व गोलकिपर किरण चेम्जोङले गरिरहेका छन्। नेपालले अष्ट्रेलियाविरुद्ध चार खेलाडी परिवर्तन गरेको छ।
जोर्डनविरुद्ध मैदानमा उतारिएको टिममा रहेका रहेका अन्जन विष्ट, दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङलाई बेन्चमा रहेका राखिएको छ। फरवार्ड नवयुग श्रेष्ठ, मिडफिल्डर विशाल राई, एरिक विष्ट र डिफेन्डर गौतम श्रेष्ठलाई पहिलो रोजाइमा मैदानमा उतारिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment