गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका नेपाली नियुक्त

डिसी नेपाल
२९ जेठ २०७८ १७:३८
552
Shares

काँठमाडौं। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी छन्।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आव्हान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए। निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि सरकार बनाउने दावी पेश गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *