गण्डकीमा ५ सदस्यीय मन्त्रिपरिषद, प्रदेश प्रमुखबाट शपथ ग्रहण
काठमाडौं। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। काँग्रेस, माओवादी केन्द्र, जसपाबाट एक एक तथा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री बनाइएको छ।
नेपाली काँग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङे मन्त्री बनेका छन्। चारैजना मन्त्री विना विभागीय हुन्। जनमोर्चाबाट भने कोही मन्त्री नियुक्त भएको छैन।
नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रदेश प्रमुख सीतकुमार पौडलबाट शपथ ग्रहणसमेत गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment