वेल्स र स्विजरल्याण्डले खेले १ – १ को बराबरी
काठमाडौं। युरोकप फुटबलमा वेल्स र स्विजरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन्। शनिबार भएको खेलमा वेल्स र स्विजरल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।
बकु ओलम्पिक स्टेडियममा भएको खेलमा स्विजरल्याण्डका लागि ब्रेल इम्बोलोले एक गोल गरे। वेल्सका किफेर मोरेले बराबरी गोल फर्काए।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको दोस्रो हाफको सुरुमै स्विजरल्याण्डले सुरुवाती अग्रता बनाएको थियो। त्यसलाई जोगाउन नसक्दा स्जिरल्याण्डले बराबरी खेलमा चित्त बुझाउनु पर्यो।
खेलको ४९ औं मिनेटमा इम्बोलोले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए। तर, खेलको ७४ औं मिनेटमा मोरेले हेडरमार्फत गोल गर्दै वेल्सलाई हारबाट जोगाए।
यस बराबरीसँगै समूह ’ए’ मा रहेका वेल्स र स्विजरल्याण्डले एक एक अंक बाडेका छन् । समूहको दोस्रो स्थानमा रहेको स्विजरल्याण्डले १ खेलमा १ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको वेल्सको पनि १ अंक रहेको छ।
यस समूहमा इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। उद्घाटन खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो। टर्की अंक विहीन रहदै पुछारमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment