एरिक्सन घाइते भएको खेलमा फिनल्याण्डको ऐतिहासिक जित

डिसी नेपाल
३० जेठ २०७८ ८:३७
216
Shares

काठमाडौं। युरोकप फुटबलमा फिनल्याण्डले डेनमार्कलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। कोपनहेगनमा शनिबार भएको खेलमा डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै फिनल्याण्डले ऐतिहासिक जित निकाल्यो। फिनल्याण्डले पहिलो पटक युरोकप खेलिरहेको थियो। फिनल्याण्डको युरोमा यो पहिलो जित हो।

फिनल्याण्डको जितमा जोएल पोहनपालोले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए। यस्तै डेनमाकर्ले खेलको ७४ औं मिनेटमा पेनाल्टी पाय पनि गोल गर्न सकेन।

जितसँगै समूह ’बी’ को फिनल्याण्डले पहिलो खेलमा ३ अंक जोडेको छ। डेनमार्कले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।

डेनमार्कका विंगर क्रिस्टियन एरिक्सन अचेत भएर मैदान ढलेपछि डेनमार्क स्तब्ध भएको थियो। खेलको ४३ औं मिनेटमा एरिक्सन अचेत भएका थिए। उनलाई केहीबेर मैदानमा उपचार गराएर थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ। उनको अवस्था सामान्य बन्दै गएको डेनिस फुटबलले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *