युरोकपमा बेल्जियमको सुखद सुरुवात

डिसी नेपाल
३० जेठ २०७८ ८:४३
20
Shares

काठमाडौं। बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी हुँदै सुखद सुरुवात गरेको छ। शनिबार राति भएको खेलमा रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद सुरुवात गरेको हो।

सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई तथा थोमस मुनिएरले एक गोल गरे।

खेलको दशौँ मिनेटमा नै लुकाकुको गोलमार्फत बेल्जिएमले अग्रता बनाएको थियो।

 

यस्तै खेलको ३४ औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए। खेलको पहिलो हाफमा २ ० ले अघि रहेको बेल्जियमका लागि खेलको ८८ औं मिनेटमा पुन: लुकाकुले गोल गर्दै ३–० को जित दिलाए।

जितसँगै बेल्जियमले युरोकपको पहिलो खेलमा ३ अंक बटुलेको छ। समूह ’बी’ मा रहेको बेल्जियम शीर्ष स्थानमा रहेको छ ।

रुसले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। रुस पुछारमा रहेको छ। यस समूहमा ३ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा छ। डेनमार्क अंक विहीन रहदै तेस्रो स्थानमा छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *