भालुपहाडमा पहिरोः सिद्धार्थ राजमार्ग अवरुद्ध

डिसी नेपाल
३० जेठ २०७८ १०:०९

स्याङ्जा। स्याङ्जाको भालुपहाडमा गएको पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । गएरातीदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको स्थानीयवासीको भनाइ छ।

राति २ बजे ठुलो चट्टानसहित आएको पहिरोको कारण राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमै अलपत्र परेका छन् । सडक खुलाउन पोखराबाट डोजर बोलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले बताए।

अहिले जिल्ला प्रहरी, जिल्ला ट्राफिक, स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको भइरहेको छ।

पछिल्लो समय सडक चौडा बनाउन राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको छ । राजमार्ग अन्तर्गत बुटवल पोखरा सडकखण्डमा स्याङ्जा भित्र मात्र दर्जन भन्दा बढी स्थानमा पहिरोको जोखिम बढेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *