इंग्ल्यान्डको सुखद सुरुवात, क्रोएसिया १ – ० गोल अन्तरले पराजित

डिसी नेपाल
३० जेठ २०७८ २०:४७

काठमाडौं। युरोकप फुटबलको समूह ‘डी’ अन्र्तगतको पहिलो खेलमा इंग्ल्याण्डले सुखद सुरुवात गरेको छ। लण्डनस्थित वेम्बली स्टेडियममा आइतबार भएको खेलमा घरेलु टिम इंग्ल्याण्डले क्रोएसियालाई १ – ० गोलअन्तरले पराजित गरेको हो।

दोस्रो हाफको ५७ औं मिनेटमा रहिम स्र्टलिङले गोल गर्दै इंग्लिस टोलिलाई अग्रता दिलाएका थिए। इंग्ल्याण्डको जितका लागि उक्त गोल प्रयाप्त बन्यो।

 

इंग्ल्यान्ड र क्रोएसियाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलिले गोलका लागि केही सुनौला अवसर पाए पनि गोलमा परिणत भने गर्न सकेनन।

करिब साढे २२ हजार दर्शकमाझ यो खेल सम्पन्न भएको थियो। इंग्ल्याण्डले हालसम्म युरोकपको ओपनिङ खेल जितेको थिएन। तर, यो संस्करणको युरोकपमा भने इंग्ल्याण्डले विश्व उपविजेता बनेको क्रोयोसियालाई पराजित गर्दै सुखद सुरुवात गरेको छ।

समूह ‘डी’ मा ३ अंक बटुल्दै इंग्ल्याण्ड एक नम्बरमा छ। पराजित भएको क्रोयासिया पुछारमा झरेको छ। अन्य दुइ टिमले भने खेल्न बाँकी छ।

इंग्ल्याण्ड विश्व फुटबल बरियतामा ४ नम्बरमा छ। यस्तै क्रोएसिया विश्व बरियतामा १४ औं स्थानमा छ। दुबै टिमलाई फाइनल पुग्ने टिमको रुपमा हेरिएको छ।

१९६० मा पहिलो पटक सुरु भएको युरोकपको यो १६ औं संस्करण हो। युरोकप पहिलो पटक ११ वटा देशमा संयूक्त रुपमा आयोजना भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *