युरोकपमा अष्ट्रियाको ऐतिहासिक जित

डिसी नेपाल
३१ जेठ २०७८ ०:०२
464
Shares

काठमाडौं। युरोकप फुटबलमा अष्ट्रियाले ऐतिहासिक जित हासिल गरेको छ। १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३ – १ गोलअन्तरले पराजित गर्यो।


रोमानियाको बुचारिस्टमा सम्पन्न खेलको पहिलो हाफ १ – १ को बराबरीमा सकिएको थियो। खेलको १८ औं मिनेटमा स्टेफान लेनरले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए। तर,२८ औं मिनेटमा गोरान पाण्डेभले गोल गर्दै म्यासेडोनियालाई १–१ गोलको बराबरीमा फर्काए।

उत्कृष्ट पुनारगमन गरेको अष्ट्रियाले दोस्रो हाफ थप दुई गोल गर्यो। खेलको ७८ औं मिनेटमा माइकल ग्रेगोरिजले गोल गर्दै टिमलाई २ १ को अग्रता दिलाए। खेलको अन्तिम मिनेटमा मार्कोले गोल गर्दै अष्ट्रियालाई ३ १ को जित दिलाए।

 

अष्ट्रियालेहालसम्म युरोकपमा विजयी नतिजा निकालेको थिएन। यो नै अष्ट्रियाले युरोकपको मञ्चमा पाएको ऐतिहासिक जित हो। अष्ट्रियाले सन् २००८ र २०१६ गरी दुइ पटक युरोकप खेल्न पाएको थियो। तर, जित हासिल भने गर्न सकेको थिएन।

जितसँगै अष्ट्रियाले समूह ‘सी’ मा ३ अंक बटुलेको छ भने नर्थ म्यासेडोनिया १ खेलबाट अंकबिहीन छ। यही समूहमा रहेका नेदल्याण्डस् र युक्रेनले आइतबार राति नै प्रतिस्पर्धा गर्दै छन।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *