फ्रेन्च ओपनको उपाधि जोकोभिचको नाममा
काठमाडौं। सर्बियन स्टार नोभाक जोकोभिचले दोस्रो पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन्।

पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई हराउँदै जोकोभिच च्याम्पियन बन्न सफल भएका हुन्।

उपाधि जित्ने क्रममा विश्व नम्बर एक जोकोभिचले पाँचौं वरीयताका स्टेफानोसलाई ६–३, ६–२, ५–७, ४–६, ६–१ को सेटमा पराजित गरे।
जोकोभिचको यो दोस्रो फ्रेन्च ओपनको उपाधि हो। यसअघि उनले सन् २०१६ मा पहिलो पटक फ्रेन्च ओपन जितेका थिए।
यस्तै जोकोभिचको समग्रमा यो १९ औं ग्राण्डस्लाम उपाधि हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment