नेदरल्याण्ड्सको संघर्षपूर्ण जित
काठमाडौं। युरोकप फुटबलमा नेदरल्याण्ड्सले कठिन जित दर्ता गरेको छ। आइतबार राति भएको समूह ‘सी’ अन्र्तगतको पहिलो खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई युक्रेनलाई ३–२ गोल अन्तरले पराजित गर्यो।
जोहन क्रुफ एरिनामा सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक एक गोल गरे।
युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल फर्काए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दुवै टीमले अट्याकिङ र उत्कृष्ट फुटबल खेलेका थिए। दुवै टोलिको प्रर्दशन राम्रो रह्यो।
खेलको दोस्रो हाफको सुरुमै नेदरल्यान्ड्सले गोलको खडेरी तोडेर सुरुवाती अग्रता बनायो। खेलको ५२ औं मिनेटमा कप्तान विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए।
५९ औं मिनेटमा वेगहोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को अग्रता दिलाए।
दुई गोलले पछि परेपनि युक्रेनले उत्कृष्ट पुनरागमन गर्यो। खेलको ७५ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई खेल २–१ को स्थितिमा ल्याए।
त्यस्तै खेलको ७९ औं मिनेटमा युक्रेनका रोमनले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो।
तर, निर्धारित समयको ५ मिनेटमात्रै बाँकी रहेको अवस्था ८५ औं मिनेटमा डम्फ्राइजले गोल गर्दै नेदरल्यान्ड्सलाई ३–२ को संर्घषपूर्ण जित दिलाए।उनको अन्तर्राष्ट्रिय गोल हो। उनकै पहिलो अन्तर्राष्ट्रिय खेलमा नेदरल्याण्ड्स महत्वपूर्ण जित निकाल्न सफल भएकोले उनी म्यान अफ द म्याच समेत भए। 
यस जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ। नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहेको छ। ३ अंक जोडेको अष्ट्रिया शीर्ष स्थानमा रहेको छ ।
युक्रेनले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । युक्रेन तेस्रो स्थानमा र नर्थ म्यासेडोनिया चौथो स्थानमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment