कोपा अमेरिका फुटबल : कोलम्बियाको सुखद सुरुवात
काठमाडौं। कोपा अमेरिका फुटबलमा कोलम्बियाले सुखद सुरुवात गरेको छ। सोमबार बिहान सम्पन्न खेलमा कोलम्बियाले इक्वेडरलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

एरिना पन्टानाल स्टेडियममा कोलम्बियालाई जित दिलाउन एड्विन कार्डोनाले एक मात्रै निर्णायक गोल गरे। उनले पहिलो हाफको ४२ औं मिनेटमा गोल गरेका हुन।
समग्रमा इक्वेडरले राम्रो प्रर्दशन गरे पनि गोल गर्न भने सकेन। कोलम्बियाका किपरले केही उत्कृष्ट बचाउ गरेका थिए।

यो जितसँगै समूह ‘ए’ मा रहेको कोलम्बियाले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ। पहिलो खेलमा नै हार बेहोरेको इक्वेडर भने समूहको पुछारमा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment