अनैतिक सम्बन्धले महिमालाई श्रीमानकै हत्या गर्नुपर्ने अवस्थामा पुर्‍यायो

डिसी नेपाल
३१ जेठ २०७८ १७:२९

काठमाडौं। श्रीमतीले आफ्ना श्रीमानको हत्या गराउछन् भन्ने जो कोहीले सोच्न सक्दैनन्। जोसँग जीवन बिताउने भरेन जन्म घर छाडेर आउँछन् उसैको हत्यामा श्रीमती संलग्न हुन्छन् भन्ने सजिलै विश्वास गर्न कठिन पर्छ। तर, श्रीमतीले श्रीमानको हत्या गराएको एक सनसनीपूर्ण अपराधको खुलासा भएको छ।

यही जेठ ५ गते कपिलवस्तुमा माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भयो। र उपचारकै क्रममा उनको मृत्यु पनि भयो। प्रहरीले यो घटनाको अनुसन्धान गर्दै जाँदा यो हत्याकाण्डमा उनकै श्रीमती महिमा पाण्डे संलग्न रहेको पुष्टि गरेको छ। कपिलवस्तु प्रहरीको २५ दिन लामो अनुसन्धानबाट उनकै श्रीमती महिमा पाण्डेसहितको योजनामा क्रसर व्यवसायी पाण्डेको गोली हानी हत्या भएको खुलेको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सोमबार पत्रकार सम्मेलनमार्फत उनकी श्रीमती महिमा पाण्डे परपुरुषको सम्पर्कमा रहेको र उनीहरुबीचको सम्बन्ध छल्ने क्रममा पाण्डेको हत्या योजना बनेको जानकारी दिएको छ। ‘पाण्डेको हत्या योजना ओमप्रकास यादव र पाण्डेकी श्रीमती महिमावीच सम्पर्क सम्बन्ध रहेका कारण भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवराज अधिकारीले बताए। जेठ ५ गते यादवले गोली प्रहार गरी घाइते बनाएको पाण्डेको जेठ १० गते उपचारका क्रममा मृत्यु भएको थियो। अनुसन्धानमा पाण्डेलाई गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको थियो।

एसपी अधिकरीका अनुसार यादव र महिमाको सम्बन्धका विषयमा पाण्डेले जानकारी पाएपछि उनको हत्या योजना बनेको थियो। प्रहरीका अनुसार हत्या योजना २–३ वर्षअघि नै बनेको भए पनि जेठ ५ गते मात्रै अनुकुल भएको थियो। पाण्डेको हत्याका लागि आफैले हतियार किनेर पेशेवर अपराधीलाई हत्याका लागि एक लाख रुपैया बैना रकम पनि दिइसकेका थिए।

प्रहरीले यादवको साथबाट एक थान पेस्तोल र ६८ राउण्ड गोलीसमेत बरामद गरेको छ। प्रहरीले हत्यामा संग्लन चार र हतियार व्यवस्थापनमा सातजनालाई पक्राउ गरेको छ। प्रहरीले हत्यामा संलग्न ओमप्रकाश यादव, महिमा पाण्डेय, रमजान साह मुसलान, सकिर अलि पखियाको मुख्य भूमिका रहेको प्रहरीले जनाएको छ।

मृतक पाण्डे क्रसर उद्योग सञ्चालक र ठेक्कापट्टाको काम गर्दै आएका थिए। ओमप्रकास यादव पाण्डेकै व्यवसायीक साझेदार समेत रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हत्यामा यादव, महिमा पाण्डेय, रमजान साह मुसलान, सकिर अलि पखिया आफै खटिएका थिए। रमजान साहले नै पाण्डेमाथि तीन राउण्ड गोली प्रहार गरेको प्रहरीलाई बयान दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *