सप्तरीमा एघार महिनामा विदेश पठाइदिने भन्दै ठगी गर्ने एक हजार बढी पक्राउ

डिसी नेपाल
३१ जेठ २०७८ १८:१९

सप्तरी । विदेश पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने अभियुक्तलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–१ मलेकपुरका ४६ वर्षीय ईनरदेव यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

सप्तरी जिल्ला अदालतले आरोपितविरुद्ध २०७५ असार २५ गते १ वर्ष कैद र १ लाख २५ हजार जरिवानाको फैसला गरेको थियो । फैसलापश्चात फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट गएको प्रहरी टोलीले गाउँघरबाटै यादवलाई पक्राउ गरेको हो ।

अभियुक्त यादवले विदेश पठाइदिने प्रलोभनमा पारी २०६८ असोज २ गते जैफुन खातुनसँग १ लाख २५ हजार रुपैयाँ लिई ठगी गरेको भन्दै ठगी मुद्दाको उजुरी परेको थियो । छोरालाई विदेश पठाउन खातुनले विश्वासमा परी यादवलाई रकम दिए पनि न पठाएको र रकम पनि फिर्ता नदिएको बताए ।

पक्राउ परेका अभियुक्तलाई सप्तरी जिल्ला अदालतमा आज उपस्थित गराइएकोमा कैद भुक्तानको लागी अदालतले राजविराज कारागार पठाएको प्रहरी नायब उपरिक्षक काफ्लेले बताए ।

आर्थिक वर्ष ०७७÷०७८ मा सप्तरी प्रहरीले फरार रहेका १ हजार ७ जना अभियुक्तहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । अदालतको फैसला कार्यान्वयनअन्तर्गत आर्थिक वर्षको हालसम्म फौजदारी मुद्दातर्फ १ सय ६४ जना र देवानी मुद्दातर्फ ८ सय ४३ जना पक्राउ परेका हुन् । पक्राउ परेकाबाट जम्मा २०३ वर्ष ३ महिना ६ दिन कैद र १ करोड ५ लाख १८ हजार ६२३ रुपैयाँ असुल उपर हुने उनले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *